युवा सूचना केन्द्रमा ज्ञापन
सर्लाही समाचारदाता
मलंगवा, फागुन २३ । युवा तथा खेलकुद मन्त्रालयले स्थापना गरेको युवा सूचना केन्द्रमा प्रजनन स्वास्थ्य लगायत विषयबस्तु समेत समेटन माग राखेर शुक्रबार नेपाल परिवार नियोजन संघ सर्लाहीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
मन्त्रालयले युवाहरुलाई विभिन्न विषयमा जानकारी गराउने उद्धेश्यले मुलुकका ७५ वटै जिम्मा युवा सूचना केन्द्र स्थापना गरेपनि युवाहरुका लागि प्रभावकारी हुन नसकेको संघको दावी छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई पाँचसय युवाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाइएको संघका सचिव मुकेश जयसवालले बताए । ज्ञापन पत्र बुझाउन संघका मुख्य प्रबन्धक मुरारी रैला लगायत दर्जनौं युवाहरुको सहभागिता रहेको थियो ।
सहायक प्रजिअ अधिकारीले आगामी फागुन २७ गते मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समितिको कार्यालयका सम्बद्ध अधिकारीहरुलाई छलफलका लागि डाकेको जयसवालले बताए । उक्त सूचना केन्द्र मलंगवा नगरपालिका–१ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय अर्थात कभर्ड हल परिसरमा स्थापना गरिएका कारण बढीभन्दा बढी युवाहरुले सेवा लिन नसकेको समेत संघको दावी छ । बजार क्षेत्रमा केन्द्र राखिए धेरै युवाहरुले सेवा पाउने जयसवालको कथन छ ।
No comments:
Post a Comment