Friday, March 7, 2014

छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण
सर्लाही समाचारदाता
लालबन्दी, फागुन २३ । जनज्योति उमावीमा अध्ययनरत प्राथमिक तहका विद्यार्थीहरुलाई शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ ।
दलित, जनजाति, आदिवासी लगायत गरी तीन सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।  अभिभावकहरुलाई विद्यालयमा नै बोलाएर छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनायो । विद्यालयका प्राध्यानाध्यापक एवं शिक्षकहरुले वितरित छात्रवृत्तिका बारेमा प्रस्टयाएका थिए । कार्यक्रममा प्राथमिक तहमा अध्यापन गराउने सम्पूर्ण शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment