Friday, March 7, 2014

जन्तीको कारलाई कन्टेनरको ठक्कर

जन्तीको कारलाई कन्टेनरको ठक्कर
सर्लाही समाचारदाता
लालबन्दी, फागुन २३ । पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।
कर्मैया गाविस–४ स्थित राजमार्गमा हिडिरहेका एक पैदल यात्री साँझ ७ बजे मोटरसाईकल यात्रीको ठक्करबाट गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार मानसिक सन्तुलन गुमाएका हरिपुर गाविस–७ का ४७ वर्षिय महेन्द्र महतो ज. ४ प ९९५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनको बायाँ खुट्टा भाच्चिएको छ भने शरिरका विभिन्न भागमा चोट लागेको छ । उनको हरिवन अस्पतालमा उपचार भईरहेको र ठक्कर दिने मोटरसाइकल एवं त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको प्रवक्ता ओलीले बताए ।
त्यस्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको एक कारलाई विपरित दिशाबाट आइरहेको कन्टेनरले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । राती ८ बजेति लालबन्दी स्थित जनज्योति क्याम्पस नजिक पूर्व–पश्चिम राजमार्गको पूलमा दुर्घटना भएको हो । लालबन्दीमा भइरहेको विवाहमा आइरहेका जन्ती चढेको बीआर १ एजी ७०८१ नम्बरको भारतीय कारलाई बा. १ ख ६३१५ नम्बरको कन्टेनरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारमा यात्रारत तीनजना सामान्य घाइते भएको र उनीहरुको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरीले जनायो ।
पुलको छेउमा राखिएको जाली सहितको ढुंगाको थुप्रोमा कार आफै ठोक्किएको र त्यसक्रममा कारको पछाडीको भागमा सडकको विचभागतर्फ तेर्सीएका कारण विपरित दिशाबाट आएको कन्टेनरले ठक्कर दिएको बताईएको छ । दुर्घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment