Saturday, March 8, 2014

न्यौपानेको पुरस्कार रकम बाल गृहलाई

न्यौपानेको पुरस्कार रकम बाल गृहलाई
सर्लाही समाचारदाता
हरिवन, फागुन २४ । नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका समाचारदाता रोशन न्यौपानेले पुरस्कार बापत प्राप्त रकम जिल्ला स्थित दुईवटा बाल गृहलाई प्रदान गरेका छन् ।
पत्रकारिता विकास प्रतिष्ठान मलंगवाद्वारा स्थापित ‘सर्लाही पत्रकारिता पुरस्कार’ सँगै पाएको नगद १० हजार दुईवटा बालगृहलाई ५–५ हजारको दरले सहयोग प्रदान गरिएको न्यौपानेले बताए । सर्भीस फर पिस नेपाल हरिवनद्वारा सञ्चालित अनाथ बालआश्रमलाई शनिबार ५ हजार नगद हस्तान्तरण गरिएको र चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहलाई आइतबार ५ हजार प्रदान गरिने न्यौपानेले जानकारी दिए । शनिबार अपरान्ह हरिवनको सुखेपोखरी स्थित अनाथ वाल आश्रममै पुगेर सर्भीस फर पिसका निर्देशक सरोज खनाललाई न्यौपानेले नगद ५ हजार प्रदान गरेका छन् । न्यौपानेले गत २२ गते प्रतिष्ठानको १४औं वार्षिकोत्सवको अवसरमा सर्लाही पत्रकारिता पुरस्कार स्वरुप कदर पत्र र नगद १० हजार प्राप्त गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष आÇनो वार्षिकोत्सवका अवसरमा सर्लाहीमा क्रियाशिल पत्रकारहरु मध्ये उत्कृष्ट छनौट भएका पत्रकारलाई सर्लाही पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

No comments:

Post a Comment