मोटरसाईकल दुर्घटनामा युवाको मृत्यु
सर्लाही समाचारदाता
हरिवन, फागुन २४ । मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीका छोरा बलरामको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ ।
शुक्रबार राती हेटौँडाबाट घरतर्फ आउँदै गर्दा हरिवन गाविस–९ निवासी करिब ३० वर्षिय बलराम बुढाथोकीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी सवार बा. ४१ प ६४३६ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा घर आउँदै गर्दा बाराको पथलैया भन्दा करिव ३ किलोमिटर पूर्व दुधौरा खोलाको भत्किएको पुलमा बुढाथोकी मृत अवस्थामा फेला परेका थिए । जाली बोकेर रोकि राखेको ट्रयाक्टरको टेलरमा ठोक्किदा बुढाथोकीले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
मृतक बुढाथोकीको शवलाई नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पोष्टमार्टम गरि शनिबार साँझ कर्मैया स्थित वागमती नदी किनारमा दाहसंस्कार गरिएको छ । परिवारजनका अनुसार हेटौँडामा शिक्षण पेशा गर्दै आएका बुढाथोकीको आगामी बैशाखमा विवाह गर्ने तयारी समेत गरिएको थियो ।
No comments:
Post a Comment