भवन निमार्ण गर्न समिति गठन
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन २४ । मनकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्था इश्वरपुरको भवन निमार्णका लागी समिति गठन गरिएको छ ।
संस्थाकी अध्यक्ष पद्म कुमारी खरेलको संयोजकत्वमा शनिबार ७ सदस्यीय भवन निमार्ण समिति गठन गरिएको हो । हाल संस्थाको भवन नहुँदा गाविस कार्यालयको भवनबाट काम गरिँदै आएको छ । भवन निमार्णका लागी जिल्ला विकास समितिमा समेत रकम माग गरेको र संस्थाको समेत केहि रकम रहेको बताईएको छ ।
No comments:
Post a Comment