ईश्वरपुरमा परिचयात्मक कार्यक्रम
सर्लाही समाचारदाता
ईश्वरपुर, फागुन २२ । नगरोन्मुख गाविस ईश्वरपुरमा विहिबार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गाविस कार्यालयमा सरुवा भई नयाँ आएका गाविस सचिव मदन बहादुर थिङसँग राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि बीचमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक यज्ञ प्रसाद भट्टराई, ईलाका स्वास्थ्य चौकी ईश्वरपुरका प्रमुख सुर्यनारायण चौधरी, उद्योग वाणिज्य संघ शाखाका अध्यक्ष अमिरिलाल साह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरुले अघिल्ला वर्षहरुमा गाविस भित्र आर्थिक अपारदर्शी भएकाले गाविसमा आउने बजेट पारदर्शी बनाउन माग गरेका छन् । साथै बक्ताहरुले सम्पूर्ण विकास निर्माण काममा व्यापक मात्रामा जनसहभागिता गराउन गाविस सचिव समक्ष माग गरेका थिए ।
No comments:
Post a Comment