बलात्कार आरोपमा कारागार चलान
सर्लाही समाचारदादा
मलंगवा, फागुन २२ । पत्थरकोटकी एक युवतीमाथि बलात्कार भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
नारायणखोला गाविस–७ का २३ वर्षिय लुगु ब्लोनलाई एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । जिल्ला न्यायधिश दलबहादुर केसीको इजलासले सोही मुद्धामा ब्लोनलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
पत्थरकोटकी एक युवतीलाई नियन्त्रणमा लिएर आÇनो घरमै जबर्जस्ती करणी गरेको आरोपमा व्लोनमाथि इलाका प्रहरी कार्यालय हरिपुरले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । गत माघ २२ गते राती पक्राउ परेका अभियुक्त व्लोनमाथि प्रहरीले गत सोमबार जिल्ला अदालतमा मुद्धा पेश गरेको थियो । पत्थरकोट निवासी एक युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि ती युवकले कब्जामा लिई घरमा राखेर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ । घरमा बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पेश गरेको मुद्धाका आधारमा ती युवक पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनलाई बुधबार नै महोत्तरी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायाण ओलीले बताए ।
No comments:
Post a Comment