सुशासनमा मन्त्रालयको अन्तरक्रिया
सर्लाही समाचारदाता
मलंगवा, फागुन २२ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा विहिबार सदरमुकाम मलंगवामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
मन्त्रालय अन्तर्गत सुशासन शाखाको आयोजनामा ‘भ्रष्टाचार जन्य सूचना र उजुरीबारे सरोकारवालासँग अन्तरक्रिया र सुशासन प्रवद्र्धन कार्यक्रम’ भएको हो । जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिविस, मलंगवा नगरपालिका, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहजीकरण गर्न मन्त्रालयको सुशासन शाखा प्रमुख उपसचिव नरहरी भण्डारीको नेतृत्वमा तीन सदस्यीय टोली आएको थियो । जिविस सभाहलमा अपरान्ह भएको कार्यक्रममा मन्त्रालयबाट आएका अधिकारीहरुले सुशासनका विषयमा प्रस्तुतीकरण गरेका थिए भने विभिन्न वक्ताहरुले जिल्लाको अवस्था बारेमा जानकारी एवं गुनासो समेत गरेका थिए ।
No comments:
Post a Comment