Saturday, March 8, 2014

व्यक्तित्व विकास तालिम सम्पन्न

व्यक्तित्व विकास तालिम सम्पन्न
सर्लाही समाचारदाता
सासापुर, फागुन २४ । सासापुर गाविसमा व्यक्तित्व विकास सम्बन्धि तालिम सम्पन्न भएको बताइएको छ ।
गाविसको आयोजनामा भएको तालिममा गाविस भित्रका ३० जना युवा युवतीहरु सहभागी भएका थिए । गाविस सचिव उद्धवनारायण श्रेष्ठको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्वर १ का नवनिवार्चित सभासद् सम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा उर्तान सुझाव दिएका थिए ।
तालिम समापन कार्यक्रममा प्रशिक्षक भक्ति रिजाल, नेकपा एमाले क्षेत्र नम्वर २ का ईन्चार्ज अर्जुन पन्त, एलजी सिडिपीका सामाजिक परिचालक बिमला मोक्तान, सञ्चारकर्मी प्रेमनाथ पौडेल लगायतले मन्तव्य राखेको बताइएको छ । तालिममा पत्रकारिताको विषयमा समेत केही सिकाईहरु गरिएको बुझिएको छ ।

No comments:

Post a Comment