Thursday, March 6, 2014

२६ हजार नागरिकलाई साक्षर बनाइने

२६ हजार नागरिकलाई साक्षर बनाइने
सर्लाही समाचारदाता
मलंगवा, फागुन २० । मलंगवा नगरपालिका सहित १० गाविसहरुमा मंगलबारदेखि अनौपचारिक अर्थात प्रौढ कक्षा सञ्चालन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको आयोजनामा जिल्लाका २५ हजार ९ सय ६१ नागरिकलाई साक्षर बनाउने लक्ष्यका साथ कक्षा सञ्चालन गरिएको हो । यसवर्ष जिल्लाको ११ ओटै स्रोत केन्द्रका १÷१ गाविसमा यस्तो कक्षा सञ्चालन गरिएको कार्यालयका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।
यसवर्ष मलंगवा नगरपालिका सहित बलरा, संग्रामपुर, रामवन, धनगढा, राजघाट, घुर्कौली, नारायणखोला, ईश्वरपुर, पिडारी, गौरीशंकर गाविसमा कक्षा सञ्चालन भएको हो । अघिल्ला वर्षहरुमा पनि यस्ता कक्षाहरु सञ्चालन गरिएको भएपनि प्रभावकारी नभएको व्यापक गुनासो बढेपछि यसवर्ष अनुगमन गरेर प्रभावकारी रुपमा कक्षा सञ्चालन गरिने कार्यालयले दावी गरेको छ ।
कक्षा सञ्चालन गर्नका लागी ५६ ओटा संघसंस्थाहरु छनौट भएका छन् भने सरकारी स्तरबाट लक्षित वर्गका लागि ९ सय ९ जना र साझेदारी स्वयसेवाबाट तीनसय ९३ जना स्वयमसेविकाहरुले कक्षा सञ्चालन गर्ने बताईएको छ । सर्लाहीमा हाल कुल दुईलाख १६ हजार ७ सय २४ नागरिक निरक्षर रहेको तथ्याङ्क छ ।

No comments:

Post a Comment