Saturday, March 8, 2014

जिल्लाभर महिलाको ¥याली र सभाको लहर

जिल्लाभर महिलाको ¥याली र सभाको लहर
सर्लाही समाचारदाता
हरिवन, फागुन २४ । १०४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार सर्लाहीका विभिन्न स्थानमा महिलाहरुले ¥याली र सभा सम्पन्न गरेका छन् । यसवर्षको नारी दिवसको मूख्य नारा “महिला नेतृत्वका लागि होउँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको थियो । महिला सम्बद्ध सरकारी तथा गैर सकारी संघ संस्थाहरुले सदरमुकाम मलंगवा सहित जिल्लाका मुख्य बजार एवं गाउँ गाउँमा समेत महिलाहरुको हक अधिकारी लगायतमा नाराबाजीका साथ ¥याली र सभा गरेका थिए ।
दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ क्षेत्र नं. १ को आयोजनामा लालबन्दीमा महिलाहरुको ¥यालीले बजार परिक्रमा गर्नुका साथै सभा समेत गरेको थियो । क्षेत्रिय अध्यक्ष राजेश्वरी काÇलेको अध्यक्षता एवं एमाले जिल्ला अध्यक्ष मनोज देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ बेची लुंगेली, गाउँ सुधार समितिकी अध्यक्ष लक्ष्मी गोले, देव कुमारी गुराँगाई, राम बहादुर खड्का, रमा दाहाल, मायादेवी लामा, टीकामाया खड्का, दुर्गा दंगाल, लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै दिवसकै अवसरमा लालबन्दीमा बाल संरक्षण संस्था, एमनेष्टी ईन्टरनेशनल समूह ७८ , चेतनाको लहर आमा समूह, पुष्पाञ्जली बचत समूह, सिर्जनाशिल महिला समू्ह, जनज्योति यूथ नेटवर्क, शान्ति दीप यूथ नेटवर्क लगायत संस्थाको अयोजनामा अन्तक्रिया सम्पन्न भएको छ । बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको स्थानीय पत्रकार समिर सुवेदीले बताए । नेत्रगंजमा पनि नन्देश्वर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गंगा खड्काको अध्यक्षतामा ¥याली सम्पन्न गरिएको छ । अपरान्ह आयोजित ¥यालीले महिलाहरुको हक अधिकारका पक्षमा विभिन्न नाराबाजी गर्दै नवलपुर बजार परिक्रमा गरेको थियो ।
त्यस्तै ग्रामीण नारी उत्थान संघ हरिपुर, गाउँ विकास समितिको कार्यालय लक्ष्मीपुर को. र हरिपुरको संयूक्त आयोजनामा हरिपुरमा ¥याली र सभा सम्पन्न भएको संघका मदन वर्माले बताए । नारी उत्थान संघकी अध्यक्ष सुधा चालिसे सभापतित्व रहेको कार्यक्रममा हरिपुर गाविसकी वयोवृद्धा वेद कुमारी घिमिरे प्रमुख अतिथिको रुपमा रहेकी थिइन् । कार्यक्रममा गाविस सचिव जर्नाधन चालिसे, समाजसेवी खेटराज सुवेदी, चन्द्रदेव मल्लिक तथा ईलाका प्रहरी कार्यालय हरिपुरका रामजी कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।
ग्रामीण नारी उत्थान संघको प्रांगणवाट व्यानर तथा महिला अधिकार सम्वन्धि प्लेकार्ड सहित निस्केको ¥याली हरिपुर वजार परिक्रमा पश्चात हरिपुर गाविसको कार्यालय भवनमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा महिला तथा पुरुष गरी २ सय ५० जनाभन्दा बढी सहभागी रहेका थिए । सहभागीहरुलाई जलपान गराई कार्यक्रम सम्पन्न भयो ।
त्यसैगरी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ईश्वरपुरमा महिला तथा बालबालिका कार्यालय र मनकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजना ¥याली, अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय महिला रीता प्रसाईले महिला हिंसा बिरुद्धको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा अर्चना खरेल, बनिता कार्की, अम्बिका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । दिवसको अवसरमा कर्मैयामा पनि कार्यक्रम गरिएको कार्यक्रम सञ्चालिक सर्मिला प्रधानले जानकारी दिईन् । राजघाट र हरिवनमा महिलाहरुलाई सम्मान गरिएको छ । दिवसको अवसमा बरहथवामा क्षेत्र नम्वर ३ का नवनिवार्चित सभासद हरि उप्रेतीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार मञ्च परवानीपुरको आयोजनामा  नेकपा एमोल जिल्ला कमिटी सदस्य भरत गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रम सम्पन्न भएको छ  । रेणुमाया थापा मगरको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो । नेपालका सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले पनि  भन्ने नारासहित दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै ब्रम्हपुरी गाविसमा ओम शान्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ¥याली गरिएको संस्थाकी व्यवस्थापक नगिनादेवी सिंहले जानकारी दिइन् । हरेकवर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।

No comments:

Post a Comment