Saturday, March 8, 2014

भन्सार छलेका कपडा बरामद

भन्सार छलेका कपडा बरामद
सर्लाही समाचारदाता
मलंगवा, फागुन २४ । सशस्त्र प्रहरीले शनिबार भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याएको कपडा ब्रम्हपुरीबाट मलंगवा जाँदै गरेको एक बसबाट शनिबार बिहान बरामद गरिएको हो । ब्रम्हपुरीबाट मलंगवा पुगेको नसिभा ट्राभल्सको डिकीमा सातवटा बोराको हालिएको अवस्थामा कपडा बरामद गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मलंगवाले जनाएको छ ।
एक लाख बरावरको बरामद कपडा जिल्ला भन्सार कार्यालयमा मंलगवामा बुझाईएको छ । चेकजाँचको क्रममा कपडा डिकीमा लुकाएर राखेको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment