गाविस सचिवलाई बिदाई
सर्लाही समाचारदाता
हरिवन, फागुन २३ । लामो समयदेखि गाविसको कार्यालय हरिवनमा सचिवको जिम्मेवारी सम्हालेका राज कुमार थापालाई शुक्रबार विदाई गरिएको छ ।
केही समय अघि थापाको जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरुवा भएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हरिवन सहित जिल्लाका ४ वटा गाविसमा शाखा अधिकृत स्तरको दरबन्दी कायम गरेपछि थापाको सरुवा भएको हो ।
हाल हरिवन गाविस सचिवको रुपमा स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट केदार दाहालले जिम्मेवारी सम्हालिसकेका छन् । नयाँ गाविस सचिव दाहालको अध्यक्षता तथा ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमबीच थापालाई विदाई गरिएको हो ।
No comments:
Post a Comment