Friday, March 7, 2014

लैङ्गिक हिंसा कम गर्ने कार्यक्रम

लैङ्गिक हिंसा कम गर्ने कार्यक्रम
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन २३ । लैङ्गिक हिंसा कम गर्न घरपरिवारबाटै अभियान शुरु हुनपर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।
शुक्रबार ईश्वरपुरमा भएको लैङ्गिक हिंसामा आधारित मनोबिमर्श विषयक एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रमका बक्ताहरुले आÇनै परिवारमा भैरहेको हिंसाका घटनाहरु समेत अगाडि आउन नसकेको समयमा यो अभियान घरबाटै शुरु गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा रानीगंज र ईश्वरपुर गाविसका झण्डै ३० जना भन्दा बढि मेलमेलापकर्ता, महिला अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । गाविस सचिव मदन बहादुर थिङको अध्यक्षता तथा मनोकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्म खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment