विकट गाविसमा सरकारी सेवा प्रदान
जिल्लाकै सबैभन्दा विकट गाविस मानिने नारायाणखोला स्थित मटरदोभानमा बुधबार विभिन्न सरकारी कार्यालयको सेवा प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको आयोजनामा सरकारी सेवा सुविधा नागरिकको घरसम्मै पु¥याउने लक्ष्यका साथ बुधबार एक दिने घुम्ती शिविरको आयोजना गरिएको हो । शिविरमा नागरिकता बनाउने, मतदाता नामावलीका लागि फोटो खिचाउने , मालपोत, नापी, जनस्वास्थ्य, पशु सेवा, कृषि, हुलाक, घरेलु, वागवानी लगायत विभिन्न सरकारी कार्यालयबाट सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । शिविरमा नारायणखोलाका साथै आसपासका अन्य गाविसका सर्वसाधारणहरु समेत लाभान्वित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment