चुरेभावरमा एकता
काठमाडौं, फागुन २८ । बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल र केशव मैनालीले नेतृत्व गरेको चुरेभावर राष्ट्रिय पार्टीवीच एकीकरण भएको छ ।
बुधबार एकीककरणलाई अन्तिम रुपम दिइएको न्यौपानेले जानकारी दिए । दुबै पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि एकीकरण सहमतिले औपचारिकता पाउनेछ । वार्ता टोलीबीच चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष केशब मैनालीलाई सर्वाेच्च नेता बनाउने र पार्टीको अध्यक्ष बद्री न्यौपाने रहने सहमति भएको हो । एकीकृत पार्टीको नाम चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल नै राखिने छ ।
एकीकृत पार्टीले चुरे भावर आन्दोलनले उठाएको जातीयता, नागरिकता वितरण, चुरे भावर प्रदेशको एजेण्डा सहित आन्दोलनको तयारी गर्ने कार्यक्रम तय गरेको छ । यस्तै भागबण्डामा नभइ चुरे भावर आन्दोलनमा योगदान पु¥याएका नेता कार्यकर्तालाई समेटेर अघि बढ्ने दुई पार्टीवीच सहमति भएको छ ।
(अनलाईनखबर)
No comments:
Post a Comment