Wednesday, October 23, 2013

एमाले त्यागेका पूनः फर्किए

एमाले त्यागेका पूनः फर्किए
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । नेकपा एमाले परित्याग गरेको घोषणाका साथ अन्य पार्टीमा प्रवेश गरेका मलंगवा नगर अधयक्ष सहितको टोली पूनः एमालेमा फर्किएका जनाइएको छ । दुईसाता अघि एमाले परित्याग गरि संघिय समाजवादी पार्टीमा प्रवेश गरेका एमाले मलंगवा नगर अध्यक्ष गफा मिया मन्सुर, ने.मु.इ. संगठन केन्द्रिय सदस्य तथा यूवा संघ जिल्ला उपाध्यक्ष जुलफेकार मिकरानी सहितको समूह पूनः फर्किएका प्रेस विज्ञप्ति मार्फत जनाएका छन् । आफ्नो क्रियालापले एमालेमा परेको असमझदारी प्रति क्षमायाचना गर्दै आफुहरु सदैव एमालेका जिम्मेवार कार्यकर्ता भएर रहने प्रतिबद्धता समेत उल्लेख गरी प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ । एमाले परित्याग गरेको घोषणा पश्चात मन्सुर र मिकरानी लगायत दर्जन व्यक्तिलाई दुई साता अघि संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष मो. रिजवान अन्सारीले टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

No comments:

Post a Comment