सेनाको ‘स्ट्याण्डबाई’ टोली
सर्लाही समाचारदाता
नवलपुर, कात्तिक १० । आगामी संविधान सभा निर्वाचनका लागि दुईसयजनाको ‘स्ट्याण्डबाई’ टोली सहित सुरक्षा व्यवस्था मिलाईएको नेपाली सेनाको नेवलपुर स्थित रिपुमद्र्धन गणका गणपति मनोज वैदवारले बताएका छन् ।
‘‘गण अन्तर्गत नेत्रगंजको पाँचकुमारीमा सयजना तथा मलंगवामा सयजनाको टोली ‘स्ट्याण्डबाई’ राखिएको छ ।’’ गणपति वैदवारले भने–‘‘निर्वाचन विरुद्ध केही हुनेवितिकै उक्त टोली परिचालन हुनेछ ।’’ त्यस्तै निर्वाचनको सुरक्षाका लागि क्षेत्र नं. १ अन्तर्गत इश्वरपुरको वयलबास बजारमा, २ नं. क्षेत्रका लागि नेत्रगंज स्थित पाँच कुमारीमा, ३ नं. क्षेत्र अन्तर्गत कर्मैया गुल्म, ४ नं. क्षेत्रका लागि मलंगवा सेमु, ५ नं. क्षेत्रका लागि सुन्दरपुर र ६ नं. क्षेत्रका लागि खैर्वामा क्याम्प खडा गरेर सेनाको टोली परिचालन गरिएको गणपति वैदवारले बताए ।
पाँच कुमारी, कर्मैया र मलंगवामा सेनाको टोली यसअघि नै कार्यरत रहेको भएपनि सुन्दरपुर, खैर्वा र बयलवासमा भने नयाँ क्याम्प खडा गरिएको हो । हरेक क्याम्पमा ४० जनाको दरले रहेका सेनाको टोलीले निर्वाचन सुरक्षाको काम सुरु गरिसकेको गणपति वैदवारले बताए ।
No comments:
Post a Comment