Wednesday, October 23, 2013

मिथिलाञ्चलमा ‘करवा चौथ’ पर्व मनाइदै

मिथिलाञ्चलमा ‘करवा चौथ’ पर्व मनाइदै
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता महिलाले सुखद् दाम्पत्य जीवनको कामना गर्दै ‘करवा चौथ’ पर्व मनाइरहेका छन् ।
कात्तिक कृष्णपक्षको चौथीमा दिनभरि निराहार व्रत बसी मनाइने यो पर्वका लागि नवविवाहिता महिलाले मंगलबार बिहानै संकल्प गरेका छन् । खासगरी भारतको गुजरात, राजस्थान, उत्तरप्रदेश र विहार राज्यमा मनाइने यो पर्व पछिल्लो एक दशकदेखि मिथिला क्षेत्रमा बाक्लोरुपमा मनाउन थालिएको मिथिला लोकसंस्कृतिका जानकारको भनाइ छ ।
‘करवा चौथ’ व्रतको महत्व दाम्पत्य जीवनभित्रको आत्मशुद्धि, प्रशन्नता, आत्मीयता, आपसीप्रेम र समर्पणसँग जोडिएको जानकारहरु बताउँछन् । पर्वअघिको वर्ष दिनको अवधिमा विवाह भएका मिथिलानी             (मिथिलाका नारी) ले एकदिनअघि चोखोनितो खाएर यो व्रतको प्रारम्भ गर्ने परम्परा छ । चौथीका दिन दिनभरि निराहार व्रत बसी राती चन्द्रोदयसँगै चन्द्रमाको दर्शन गरेर पतिका हातबाट नरिवलको पानी खाएर यो व्रत समापन गर्ने परम्परा रहेको व्रतालुले बताएका छन् ।
घरमा पति नभएकाले भने पतिको फोटो आÇनो अगाडि राखेर पानी पिउँदै यो व्रत समापन गर्ने गरिन्छ । यो व्रतका प्रभावले पतिपत्नीबीच गहिरो प्रेम बस्ने, एकअर्काप्रति समर्पणको भाव विकास भई दाम्पत्य जीवन सुखी रहने मिथिला जनविश्वास रहेको छ ।

No comments:

Post a Comment