Thursday, October 10, 2013

कण्डम फुलाउनेलाई पुरस्कार

कण्डम फुलाउनेलाई पुरस्कार
सर्लाही समाचारदाता
रामेछाप, असोज २४ । सुरक्षित यौन सम्पर्क र गर्भ निरोधको अस्थायी साधनको रुपमा प्रयोग गरिने कण्डम (ढाल) को नाम सार्वजनिक स्थलमा लिन अझैपनि लजाईन्छ । पसलहरुमा कण्डम किन्न पनि असहज मान्ने गरिन्छ । तर विहिबार रामेछाप सदरमुकाम मलंगवामा भने कण्डम फुलाएर देखाउने प्रतियोगिता नै भएको छ ।
कण्डम दिवसको अवसरमा बिहीबार मन्थलीमा कन्डम फुलाउने प्रतियोगिता सम्पन्न भएको हो । समाजमा चेतना जगाउने उद्देश्यका साथ आसमान नेपाल रामेछापले आयोजना गरेको प्रतियोगितामा दर्जन युवायुवती सहभागिता थिए । प्रतियोगितामा गम्भीर विक प्रथम, विपिन भट्टराइ द्वितीय र सिर्जना कार्की तृतीय भए । विजयीलाई आसमान नेपाल रामेछापले पुरस्कार प्रदान गरेको थियो । कन्डम प्रयोगको लागि सचेतना जगाउने हिसाबले करोडौ खर्च गरिएपनि अझै त्यसको प्रभावकारी प्रयोगको प्रचलन बढ्न नसकेको विज्ञहरु बताउछन् ।

No comments:

Post a Comment