Thursday, October 10, 2013

कांग्रेस हरिवनको शुभकामना

कांग्रेस हरिवनको शुभकामना
सर्लाही समाचारदाता
हरिवन, असोज २४ । नेपाली कांग्रेस गाउँ समिति हरिवनले विहिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, दिपावली, छठ र बकरईद लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको कांग्रेस हरिवनले जनाएको छ ।
गाउँ समितिका सभापति डोरप्रसाद भट्टराईको अध्यक्षतामा हरिवनमा भएको कार्यक्रममा कांग्रेस नेतृ एवं क्षेत्र नं. ३ की उम्मेद्वार मिना पाण्डे, जिल्ला सभापति लक्ष्मण राय, कांग्रेस क्षेत्र नं. २ का सभापति एवं उम्मेद्वार रामचन्द्र चौधरी, सहदेव थापा, विनोद कार्की, शेख कमरुद्धिन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment