Wednesday, October 23, 2013

लागुऔषध सहित पक्राउ

लागुऔषध सहित पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०६ । प्रतिबन्धित औषधि (लागु औषध) सहित एक युवकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा–८ बाट लागु औषध सहित काठमाण्डौ मातातिर्थ–१ का २४ वर्षिय विक्रम गुरु·लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीका अनुसार संकास्पद गतिविधि देखिए पछि गुरु·लाई नियन्त्रणलाई लिई चेक जाँच गर्दा नर्फाेन नामक इन्जेक्सन ५९ भाइल, डाइजेपाम ५९ थान, फेनारगन ५९ थान प्रतिबन्धित औषधि बरामद भएको थियो ।
पक्राउ परेका अभियुक्तको अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली यूवाहरुले लागु औषधका रुपमा प्रयोग गर्न थालेपछि केहि औषधि नेपालमा प्रतिबन्ध भएपनि भारतीय बजारमा खुला रुपले पाउने हुँदा दुव्र्यसनीहरु भारतीय बजारमा गएर औषधि सेवनका साथै लिएर आउने गरेको पाइएको छ । यसअघि पनि काठमाण्डौंका तीन यूवालाई लागु औषध सहित प्रहरी चौकी नवलपुरले पक्राउ गरेको थियो । बाहिरका व्यक्तिहरुले लागु औषध ओसारपोसारका लागि सर्लाहीलाई नै मार्ग बनाउने विषय बारे अनुसन्धान शुरु गरिएको प्रहरी श्रोतले जनाएको छ ।

No comments:

Post a Comment