‘सर्लाहीको विकास निर्माण सयमा पुर्याउँछु’
सर्लाही समाचारदाता
लालबन्दी, असोज २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सर्लाहीबाट आफूले चुनावमा जितेमा विकास निर्माणको काम दु्रत गतिमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार लालबन्दीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष खनालले पत्रकारहरुसँग कुरा गर्दै मधेशवादी दलका राष्ट्रिय अध्यक्षहरुको जिल्ला मानिने सर्लाही विकासको मामलामा निकै पछाडी रहेको बताए । एमालेले शुन्य अवस्थामा रहेको सर्लाहीको विकासलाई गति दिएर सयमा पु¥याउने समेत खानलले दावी गरे । ‘‘दलका राष्ट्रिय अध्यक्ष भएर मात्रै हुदैन ।’’ क्षेत्र नं. १ मा उम्मेद्वारी दिएका उनले भने–‘‘दलमा विकासको भावना हुनु पर्छ, त्यो एमालेसँग मात्र छ ।’’
तीन मधेसी दलका राष्ट्रिय अध्यक्षको गृह जिल्ला सर्लाहीमा चुनाव जितेर गाउँ–गाउँमा विकासको गति देखाउने उनको दावी थियो ।
एमालेलाई मधेस विरोधी दलको रुपमा प्रचार प्रसार गरिएको उल्लेख गर्दै अध्यक्ष खनालले सर्लाहीबाट चुनाव जितेर एमाले र मधेसको घनिष्ट सम्बन्ध प्रमाणित गरेर देखाउने बताए । ‘‘मधेसबाट चार जना केन्द्रिय नेताले चुनाव जितेर देखाउँदै एमालेको मधेसी जनतासँगको घनिष्ट सम्बन्ध छ भन्ने कुरा मधेश विरोधी भन्नेहरुलाई देखाउने छौं ।’’ खनालको कथन थियो । सर्लाही क्षेत्र नं. १ मा आफुले दिएको उम्मेदवारीले एमालेको मधेश प्रतीको स्पष्ट धारणा र घनिष्टताको सन्देश दिएको समेत उनले दावि गरे । राजनैतिक दलका राष्ट्रिय अध्यक्षहरु चुनावमा विजयी हुने वातावरण भए अझ राम्रो हुने अध्यक्ष खनालको विचार थियो । राष्ट्रिय अध्यक्षहरु उठेका स्थानमा तपाइहरुबीच सहमति हुन खोज्दै छ रे नि त ? भन्ने प्रश्न सोध्ने पत्रकारको उत्तर दिदै उनले भने–‘‘तपाईको मुखमा दुधभात जाओस् ।’’
आसन्न संविधान सभाको चुनाव सुरक्षा थ्रेटको जिम्मेवारी सरकारले लिनु पर्ने खनालले बताए । ‘‘बारामा एमाले उम्मेदवारको हत्या पछि चुनावमा सुरक्षा थ्रेट बढेको छ ।’’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने–‘‘सुरक्षा थ्रेटले संविधान सभाको चुनावमा असर पर्दैन । तर सुरक्षित रुपमा मतदातालाई मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छ ।’’ अध्यक्ष खनालले बाराका उम्मेदवार एवं पार्टीका केन्द्रीय सदस्य महमुद आलमको हत्यारालाई पक्राउ गरी कारवाहिको माग गरे ।
आसन्न संविधान सभाको चुनावमा गरिबि निवारण र संविधान निर्माण मुख्य एजेन्डा समेटेर पार्टी एक साता भित्र घोषणा पत्र सार्वजनिक गर्ने उनले बताए । ‘‘गत संविधान सभामा एमाले तेश्रो दल भएकोले संविधान बनेन ।’’ खनालले भने–‘‘आसन्न संविधान सभाको चुनावबाट एमाले पहिलो दल भएर एक वर्षमा नै संविधान बनाउँछ ।’’ संविधान निर्माणका प्रक्रिया अगाडि बढि सकेकोले एक वर्षमा नै एमालेले संविधान बनाउने खनालले दावी गरे ।
चुनावमा सहभागि नभएर नेकपा–माओवादी सहितका दल पछि परेको खनालको भनाई थियो । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो मधेससँग लभ परेको कुरा सर्लाहीमा भएको आमसभाबाटै भने पनि त्यो मधेशका जनतालाई ‘ललीपप’ को लालच देखाएजस्तै भएको अध्यक्ष खनालले दावी गरे ।
क्षेत्र नं. १ बाट उम्मेदावरी दिएका खनाल शनिबार साँझसम्म बस्ने गरी आएको एमाले सर्लाहीले जनाएको छ । केही सुरक्षीत मानिएको र पछिल्लो ३ वटा चुनावमा लगातर वीजयी हुँदै आएको क्षेत्र नं. १ बाट एमालेले अध्यक्ष खनाललाई आगामी संविधान सभा निर्वाचनका लागि उम्मेद्वारमा खडा गरेको हो ।
क्षेत्र नं. १ मा एमाले पछिल्लो चुनावहरुमा लगातार विजय हुँदै आएको क्षेत्र हो । ०५१ र ०५६ को संसदिय चुनावमा महेन्द्र राय यादव र गत संविधान सभाको चुनवामा एमाले उम्मेदवार प्रकास पाख्रीन विजय भएको क्षेत्रमा अध्यक्ष खनालले उम्मेदवारी दिएका हुन् । अध्यक्ष खनालको उम्मेद्वारीले अन्य क्षेत्रमा उठेका उम्मेद्वारहरुलाई समेत फाईदा पुग्ने एमाले सर्लाहीको विश्वास छ ।
No comments:
Post a Comment