गाँजा सहित दुईजना पक्राउ
सर्लाही समाचारदाता
कौडेना, असोज २५ । भारततर्फ गाँजा लैजान लागिरहेको अवस्थामा प्रहरीले शुक्रबार दुईजनालाई नियन्त्रणमा लिएको छ ।
कौडेना प्रहरी चौकीको टोलीले चेकजाँचका क्रममा साँझ ५ बजे भारतको मोतिहारी निवासी अभय पाण्डे र भुलन पाण्डेलाई गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । शरिरमा टाँसेर तथा व्यागमा बोकेर मोटरसाईकलमा भारततर्फ गाँजा लैजान लागेको अवस्थामा उनीहरु दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट बीआर ३० सी ३७३५ नम्बरको भारतीय मोटर साईकल र २ किलो गाँजा बरामद भएको छ । उनीहरु गडहियाबाट भारततर्पm जाने क्रममा पक्राउ परेको प्रहरीले बतायो । उनीहरुलाई कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी प्रवक्ता ओलीले बताए।
No comments:
Post a Comment