मोटरसाईकल जुध्दा बालक घाईते
सर्लाही समाचारदाता
सहोडवा, कात्तिक ४ । दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा सोमबार भेल्ही गाविसका एक बालक घाईते भएका छन् ।
भेल्ही गाविस–७ का १० वर्षिय विशाल राय गम्भिर घाईते भएका हुन् । प्रहरीका अनुसार बरहथवा स्थित बोर्डिङ स्कुलमा पढनका लागि ठूलोबुबाको छोरा दाजु सन्तोष भन्ने रञ्जीत रायले चलाएको ज. ३ प ७९४० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको एक भारतीय नम्बर प्लेटको मोटरसाईकल दिउँसो साँढे १२ बजे जुध्दा विशाल मोटरसाईकलबाट उछिट्टिएका थिए । टाउकोमा चोट लागेका विशाललाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुरतर्फ पठार्ईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहोडवाको पोखरियामा दुईवटा मोटरसाईकल जुधेका थिए ।
दुवै मोटरसाईकल नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment