चुनाव बहिस्कारका लागि अपिल
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । नेकपा (एकिकृत) ले नजिकिदो संविधान सभा निर्वाचन बहिस्कार गर्न अपिल गरेको छ ।
मंसिर–४ को निर्वाचन नाटक मञ्चन मात्र भएकाले आफु लगायत ३३ दलिय मोर्चा विपक्षमा रहेको जनाएको छ । गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सहमति गरी निर्वाचन प्रकृयामा सहमति मार्फत जानुपर्नेमा सो विपरित गएकाले मूलुकमा द्वन्द्व निम्त्याउने र ठुला भनाउँदा दलले एकाधिकार लाद्ने प्रवृतीबाट निर्वाचनको नाटक मञ्चन गरिएको पार्टीद्वारा जारी अपिलमा उल्लेख छ ।
देशभक्त, जनतान्त्रिक, अग्रगामी र क्रान्तिकारी सबैलाई पार्टीले यो निर्वाचन बहिस्कार गरी र राष्ट्रिय सहमतिका आधारमा संविधान सभाको निर्वाचन मार्फत देशको नयाँ संविधान निर्माणका लागि बातावरण बनाउन बहिस्कार आन्दोलनलाई सहयोग शुरु गर्न सबैमा आव्हान गरी अपिल सार्वजनिक गरेको छ । त्यस्तैगरी निर्वाचन बहिस्कारमा उत्रिएको नेकपा–माओवादी (बैद्यपक्ष) ले निर्वाचन बहिस्कारका तुलहरु विभिन्न क्षेत्रमा टाँगिन थालिएको जनाएको छ ।
No comments:
Post a Comment