इन्स्पेक्टरको हत्या पछि प्रहरी जवानले गरे आत्महत्या
सर्लाही समाचारदाता
दैलेख, असोज २४ । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज भट्टलाई उनका अंगरक्षक कमल प्रसाद शर्माले गोली हानी हत्या गरेका छन् ।
अंगरक्षक शर्माले सुतिरहेको अवस्थामा विहिबार विहान ५ वजेर २० मिनेटमा एसएलआरले टाउकोमा दुई गोली हानी हत्या गरेको जनाईएको छ । हत्या पश्चात प्रहरी जवान शर्माले आÇनो पेटमा एक गोली हानेका थिए उनको उपचारको लागी जिल्ला अस्पताल दैलेखमा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । प्रहरी निरीक्षक भट्टको टाउकोमा २ राउण्ड गोली लागेको प्रहरी श्रोतले बताएको छ । अचानक प्रहरी कार्यालयभित्र गोली चलेपछि प्रहरीहरु विच भागदौड मच्चिएको थियो ।
जवान शर्माको गोली प्रहारबाट प्रहरी निरीक्षक भट्टको खप्पर नै उडेको बताईएको छ । प्रहरी निरीक्षक भट्ट बैतडीका हुन् भने प्रहरी जवान शर्मा दैलेखका हुन् । भट्टको सहयोगकीकै रुपमा शर्मा कार्यरत थिए । बस्ने कोठा पनि सँगसँगै थियो । गोली हान्नुको आधिकारिक कारण त खुलाइएको छैन तर सहकर्मी प्रहरीका अनुसार कमलले दसैँमा दुई दिन बिदा मागेका थिए । जिल्ला प्रहरीको निमित्त प्रमुख भट्टसँग मागिएको बिदा स्वीकृत नभएपछि उनी तनावमा थिए । गोली हान्नुको कारण बिदा नपाएकै हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन सुरक्षा समितिको बैठकमा भाग लिन नेपालगञ्ज गएकाले भट्ट नै निमित्त प्रमुख थिए ।
घटनाबारे क्षेत्रिय प्रहरी कार्यालयका एसएसपी मधु पुडासैनी नेतृत्वको टोलीले अनुसन्धान अगाडी बढाएको छ । उक्त टोलीको अनुसन्धान पछि मात्र मृतकको शव सार्वजनिक गर्ने प्रहरीले जानकारी गराएको छ ।
No comments:
Post a Comment