![]() |
प्रतियोगितामा विजयी न्यू हरिवन यूवा क्लवका खेलाडीहरु एकलाखको चेक र शिल्ड सँगै । |
सर्लाही समाचारदाता
हरिवन, असोज २४ । प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिताको उपाधी न्यू हरिवन युवा क्लब रातोले जीतेको छ । सर्लाही जिल्लाको इतिहाँसमै सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिताको उपाधीसँगै उसले १ लाख नगद हात पारेको छ । काठमाण्डौको ए डिभिजन लिग खेल्ने क्लब ब्वाईज युनियनलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै प्रतियोगिताकै आयोजक न्यू हरिवन युवा क्लबले प्रथम उपाधी हात पारेको हो ।
विहिबार अपरान्ह हरिवनको सुखेपोखरीमा भएको फाईनल प्रतिस्पर्धामा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि ट्राइबेकरबाट निर्णय भएको थियो । ट्राईबेकरमा हरिवनले ब्वाईज युनियनलाई ४–३ ले पराजीत गरेको हो । ट्राइबेकरका क्रममा ब्वाईज युनियनको तर्फबाट पहिलो प्रहार गरेका दिपेश खड्गीको बल क्रसबारमा लागेको थियो भने अफ्रिकियन मुलका खेलाडी भिक डोरले हानेको बल पोलभन्दा निकै माथिबाट बाहिरिएको थियो । हरिवनको तर्फबाट निराजन खड्काको प्रहार भने ब्वाईज युनियनका गोलकिपरले समातेका थिए । ट्राईबेकरमा भएको हारसँगै ब्वाईज युनियनले ५० हजार नगदमा मात्र चित्त बुझाउनु प¥यो ।
अत्यन्त प्रतिष्पर्धात्मक एवं रोमाञ्चक खेलमा ब्वाईज युनियन क्लबका ८ नम्बर जर्सीका अफ्रिकियन मुलका खेलाडी म्याक्सले ७७ औं मिनेटमा पहिलो गोल गरे । खेल सकिनु दुई मिनेट अघि अर्थात ८८औं मिनेटमा राष्ट्रिय टोलीका प्रमुख स्ट्राइकर जुमानु राईले हरिवनको तर्फबाट गोल गरेर खेल बराबरी बनाएका थिए । दुवैतर्फबाट पटक–पटक भएको पोष्ट प्रहार गोलकिपरले बचाएका थिए ।
उपस्थित दर्शकहरुको अपार समर्थनका बीच खेलको अन्तिम समयतिर ब्वाईज युनियनले अग्रता लिएपछि हरिवनका खेलाडीहरु केही आँतिएका समेत थिए । जुमानुले बराबरी गोल गर्दै ‘गर या मर’ व्याईज........
भन्ने स्थितीमा पुगेका हरिवनका खेलाडीलाई सान्त्वना दिएका थिए भने उपस्थिती हजारौं दर्शकको माया बटुलेका थिए । त्यसअघि जुमानु राई र भोला सिलवाल एवं अफ्रिकियन खेलाडी लावेरले पटक–पटक पाएको गोल गर्ने मौका खेर फालेका थिए ।
ट्राइबेकरमा हरिवनको तर्फबाट जुमानु राई, अफ्रिकी मुलका खेलाडी लावेर, भोला सिलवाल र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए । त्यस्तै ब्वाईज युनियनको तर्फबाटभने हेमन्त थापा, राजु पुलामी र कमल श्रेष्ठले मात्र गोल गरेका थिए ।
७ हजार भन्दा बढी दर्शकहरु उपस्थित प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ दि सिरिज जुमानु राइ घोषित भए । त्यसबापत उनलाई ५ हजार रुपैया नगद दिईएको थियो । सबैभन्दा बढी गोल गर्ने गोल स्कोररको पुरस्कार भने राईसँगै ब्वाईज युनियनका म्याक्सले पनि हात पारे । उनीहरुले ५–५ गोल गरेका थिए । त्यसबापत दुवैजनालई जनही दुईहजार पाँचसय रुपैया दिईएको थियो ।
ब्वाइज युनियनले हरिवन निलो र सिम्रिक सरस्वती काडमाण्डौलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो भने हरिवन रातो सिरहा–११ र बिराटनगरलाई पराजित गर्दै फाइनलमा पुगेको हो । गत विहिबारबाट सुरु प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । अन्य दुई टिममा हेटौंडा र चितवनका रहेका थिए ।
विजेता र उपविजेता टिम एवं तीनका खेलाडीलाई फाईनल प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि हरिवन गाविसका सचिव राजकुमार थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशबहादुर थापा, नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेद्वार रामचन्द्र चौधरी, न्यू हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्की लगायतले पुरस्कार, शिल्ड, प्रमाणपत्र एवं मेडल प्रदान गरेका थिए ।
जुमानु राई, निराजन खड्का, भोला सिलवाल लगायत एक दर्जन हाराहारीमा राष्ट्रिय खेलाडी तथा एक दर्जन हाराहारीमै अफ्रिकियन मूलका खेलाडीहरु समेत सहभागि भएको खेल हेर्न पाउँदा स्थानीय दर्शकहरु रोमाञ्चित बनेका थिए । प्रतियोगितामा फिफा रेफ्री सुदिश पाण्डेको नेतृत्वमा ४ सदस्य निर्णायक टोली रहेको थियो भने हरिवनका स्वास्थ्यकर्मी श्याम कुशवाहले घाइते खेलाडीको प्राथमिक स्वास्थ्य उपचारमा सहयोग पु¥याएका थिए ।
सहयोगी दाता एवं दर्शकहरुको अपार माया पाएकाले आगामी बर्षहरुमा पनि हरिवन गोल्डकप प्रतियोगितालाई निरन्तरता दिईने आयोजक न्यू हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्कीले बताए । आयोजकले खेल हेर्न जाने दर्शकहरुसँग प्रथम चरणको खेलमा ३० रुपैया तथा सेमिफाईनल चरणदेखि ५० रुपैया टिकटबापत लिएको थियो ।
No comments:
Post a Comment