हो–हल्ला गर्नेलाई कार्वाही गरिने
सर्लाही समाचारदाता
मलंगवा, असोज २५ । नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताएका छन् ।
‘‘चाडबाडको समय पारेर आपराधिक तत्वले शान्ति सुरक्षामा खलल पुग्ने घटना नगराउन भन्ने उद्धेश्यले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’’ प्रजिअ घिमिरेले सर्लाही दैनिकसँग भने–‘‘सुरक्षाकर्मीहरुको गस्ती तिब्र बनाईएको छ ।’’
चाडबाड मनाउने नाममा सामाजिक सद्भाव खलबलिने एवं शान्ति सुरक्षामा नकारात्मक असर पुग्ने क्रियाक्लाप नगर्न समेत प्रअिज घिमिरेले आम जिल्लाबासी समक्ष आग्रह गरेका छन् । मदिरा लगायत लागूपदार्थजन्य बस्तु सेवन गरेर सामाजिक मर्यादा विपरितका क्रियाक्लाप गर्ने, शान्ति सुव्यवस्थामा खलल पु¥याउने जोकोहीलाई पनि कानून बमोजिम कडा कार्वाही गरिने प्रजिअ घिमिरेले बताए ।
‘‘चाडबाडको नाममा होहल्ला गर्दै हिड्ने, राती अवेरसम्म सार्वजनिक स्थलमा बसेर शान्ति सुव्यवस्थामा खलल पु¥याउनेलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउने छौं ।’’ प्रजिअ घिमिरेले भने ।
No comments:
Post a Comment