मानव बेचविखनमा आज आदेश आउँने
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ४
जिल्ला प्रहरी कार्यालयले मानव बेचविखन मुद्धामा कार्वाही प्रकृया अगाडी बढाएको दुईजना अभियुक्त विरुद्धको थुनछेकको बहस सोमबार सकिएको छ । मंगलबार जिल्ला अदालतले यसबारे आदेश दिने बताईएको छ ।
सदरमुकाम मलंगवाबाट भारत हुदै इराक तर्फ अवैध रुपमा ३ महिलालाई लैजान लागेको आरोपमा कार्वाही प्रकृया अगाडी बढाईएका सिन्धुपाल्चोकका विर बहादुर तामाङ र सर्लाही अत्रौलीका चन्द्रबहादुर मोक्तान विरुद्ध जिल्ला अदालतमा थुनछेकको बहस सकिएको हो । जिल्ला अदालतबाट थुनछेकको आदेश नभएकाले दुवैजना अभियुक्त जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
उनीहरुलाई गत असोज ५ गते शनिबार मलंगवा–१० स्थित रंजितकार कोल्ड स्टोर नजिकको सोनवर्षा जाने बाटोबाट तीन महिला सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । नगरगस्तीमा रहेका सशस्त्र प्रहरीले संकाश्पद अवस्थामा रहेका तथा मकवानपुर छतिवन–९ की २५ वर्षिया सोममाया मोक्तान, दोलखा स्यावा–१ कि २३ वर्षिया जाङ्मु शेर्पा र मोरङकी लिला थापा समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
समूहमा रहेका तीन महिला इराक हिडेका र उनीहरुलाई पु¥याउन तामाङ तथा मोक्तान भारतसम्म हिडेको बयानबाट खुलेपछि जिल्ला प्रहरी कार्यालयले दुईजना विरुद्ध म्याद थप गरी मानव वेचविखन मुद्धामा कार्वाही प्रकृया अगाडी बढाएको थियो । महिलालाई भने अभिभावकको जिम्मा लगाईएको थियो ।
नेपालबाट इराक जान प्रतिबन्ध रहेकोले बढी आम्दानी हुने लोभमा अधिकांश व्यक्तिहरु भारतिय विमानस्थल प्रयोग गरी इराक तर्फ जाने क्रम बढेपछि नेपालीहरु नयाँदिल्ली जान थालेको बताइएको छ ।
No comments:
Post a Comment