Wednesday, October 23, 2013

मानव बेचविखनमा पनि कारागार

मानव बेचविखनमा पनि कारागार
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मानव बेचविखन मुद्धामा कार्वाही प्रकृया अगाडी बढाएको दुईजना अभियुक्तलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
सिन्धुपाल्चोकका विरबहादुर तामाङ र सर्लाही अत्रौलीका चन्द्रबहादुर मोक्तान मंगलबार जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका हुन् । सदरमुकाम मलंगवाबाट भारत हुदै इराक तर्फ अवैध रुपमा ३ महिलालाई लैजान लागेको आरोपमा दुईजना विरुद्ध प्रहरीले मुद्धा दर्ता गरेको थियो । उनीहरु दुवैजनालाई बुधबार महोत्तरी कारागार पठाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
उनीहरुलाई गत असोज ५ गते शनिबार मलंगवा–१० स्थित रंजितकार कोल्ड स्टोर नजिकको सोनवर्षा जाने बाटोबाट तीन महिला सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । नगरगस्तीमा रहेका सशस्त्र प्रहरीले संकास्पद अवस्थामा रहेका तथा मकवानपुर छतिवन–९ की २५ वर्षिया सोममाया मोक्तान, दोलखा स्यावा–१ कि २३ वर्षिया जाङ्मु शेर्पा र मोरङकी लिला थापा समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । नेपालबाट इराक जान प्रतिबन्ध रहेकोले बढी आम्दानी हुने लोभमा अधिकांश व्यक्तिहरु भारतीय विमानस्थल प्रयोग गरी इराक तर्फ जाने क्रम बढेपछि नेपालीहरु नयाँदिल्ली जान थालेको बताइएको छ ।

No comments:

Post a Comment