Thursday, October 10, 2013

एमाले अध्यक्ष खनाल आउँदैे

एमाले अध्यक्ष खनाल आउँदैे
सर्लाही समाचारदाता
लालबन्दी, असोज २४ । नेकपा एमाले अध्यक्ष झलनाथ खनाल शुक्रबार सर्लाही आउने भएका    छन् ।
लालबन्दीमा हुने जिल्ला स्तरीय कार्यकता भेला र विजया दशमी लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन अध्यक्ष खनाल आउन लागेको एमाले सर्लाहीले जनाएको छ । सर्लाही क्षेत्र नं. १ मा उम्मेद्वारी समेत दिएका खनालले आगामी संविधान सभा निर्वाचनमा पार्टीको रणनीति लगायत विषयमा कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको बताईएको छ ।
जानकी मावि प्रांगणमा हुने कार्यक्रमका लागि अध्यक्ष खनाल मध्यान्हतिर आईपुग्ने एमाले नेता रेवती पन्तले बताए । पन्तका अनुसार अध्यक्ष खनाल शुक्रबार राती सर्लाहीमै बस्नेछन् ।

No comments:

Post a Comment