Wednesday, October 23, 2013

गाँजा ओसारपसारको आरोपमा दुई महिला पक्राउ

गाँजा ओसारपसारको आरोपमा दुई महिला पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । गाँजा ओसारपसारको आरोपमा मंगलबार दुई महिलालाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका महिलाहरुबाट गाँजाको झोला आÇनो नभएको दावी आएकाले कार्वाही प्रकृयामा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाण्डौबाट मलंगवा हुँदै चक्करघट्टा बजार जान लागेको रात्रीबसबाट २ वटा व्यागमा रहेको करिब १० किलो गाँजा सहित दुई महिलालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका महिलाले गाँजा सहितको झोला आफ्नो नभएको बताएपछि घटनाबारे अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता पृथ्वी नारायण ओलीले बताए ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका महिलाहरुमा सक्रौल गाविस–८ की मनोहरी देवी र मोतीपुर गाविस–५ की उषा राउत रहेका छन् । मनोहरीको साथमा भने १ वर्षको बच्चा पनि रहेको छ । मलंगवा–२ स्थित कृष्णचोकमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा ना. ४ ख ४२०२ नम्बरको बसभित्र फेला परेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा बसमा रहेका सबै यात्रुलाई आ–आÇनो झोला लिएर झर्न भनेपछि अन्य यात्रुहरु झोला लिएर झरेपनि ती दुई महिलाहरु भने रितै झरेका थिए । बसभित्र चेकगर्दा दुईवटा झोला फेला परेपछि ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
‘‘महिलाहरुले झोला आÇनो नभएको दावी गरिहेका छन् ।’’ प्रवक्ता ओलीले भने–‘‘घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको छ ।’’ झोला भित्र साडी १ थान र कुर्ता सुरुवाल १ थान फेला परेकाले ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना महिलाहरुले आफूहरु नवलपुरबाट घरजान बस चढेको बताएको प्रहरीले जनाएको छ । बसका मजदुरहरुले पनि पक्राउ परेका महिलाहरु नवलपुरबाटै चढेको बताएको प्रहरीले जनायो । प्रहरीका अनुसार गाँजा रहेको झोलाबारे भने बसका मजदुरहरुले अनभिज्ञता प्रकट गरेका छन् । बस र बसका मजदुरलाई भने दिउँसै छाडिएको थियो ।
‘‘बसमा चढ्दा ती महिलाले झोला बोकेर चढेका थिए कि थिएनन् भन्ने कुरा बसका कर्मचारीले याद गर्नुपर्ने कुरा हो ।’’ प्रहरी स्रोतले भन्यो–‘‘गाँजाको झोला कि त ती महिलाकै हुनुपर्छ कि त बसकै मजदुरको संलग्नतामा ओसार पसार भएको हुनुपर्छ ।’’ कमजोर अनुसन्धान गरी गाँजालाई वेवारिसे बनाउने प्रयत्न भईरहेको प्रहरी स्रोतको दावी छ ।

No comments:

Post a Comment