Wednesday, October 23, 2013

प्रहरीले उजुरी दर्ता नगरेको गुनासो

प्रहरीले उजुरी दर्ता नगरेको गुनासो
सर्लाही समाचारदाता
हरिपुर, कात्तिक ५ । सातवर्षदेखि आÇनी छोरी वेपत्ता बनाउनेलाई कार्वाहीको माग राखेर उजुरी दिन जाँदा प्रहरीले सुनुवाई नगरेको पत्थरकोट गाविसका जहरसिंह माझीले गुनासो गरेका छन् ।
अत्रौली गाविस–९, खोरगाउँका विरबहादुर बलले ७ वर्ष अघि काममा लगाईदिन्छु भनेर छोरीलाई लगेपनि हालसम्म आÇनी छोरी घर नफर्केको माझीले बताए । ‘‘गाउँबाट गएका अन्य चेलीहरु पटक–पटक घर आईरहेका छन् ।’’ मंगलबार सर्लाही दैनिकसँग माझीले गुनासो गरे–‘‘तर मेरी छोरी भने ७ वर्षदेखि वेपत्ता छे ।’’
मंगलबार इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिन गएपनि कुनै सुनुवाई नभएको माझीले बताएका छन् । ‘‘छोरी लैजाने विरबहादुरलाई हाम्रै सुराकीमा हरिवन प्रहरीले थुनेर राखेको छ ।’’ उनले भने–‘‘हरिपुरमा उजुरी दिन जाँदा कुनै सुनवाई भएन ।’’ १३ वर्षको उमेर हुँदा छोरीलाई काम लगाईदिन्छु भनेर विरबहादुरले लगेको माझिले बताए । ‘‘गाउँका अरुलाई पनि काममा लगाउन लगेकाले आफुले पनि छोरी पठाएको थिएँ ।’’ माझिले भने–‘‘अरु आईसके तर मेरी छोरी ७ वर्षदेखि घर आएकी छैन र ल्याईदे भन्दा विरबहादुर भागेर हिडिरहेको थियो ।’’ आर्थिक स्थिती कमजोर भएकाले र गाउँका अन्यलाई पनि काम लगाईदिन्छु भनेर लगेकाले आफूले छोरीलाई पठाएको माझिले बताए ।
विरबहादुरलाई भने इलाका प्रहरी कार्यालय हरिवनमा गत शनिबार देखि हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शंकरसिंह रावलले पीडित परिवार एवं स्थानीय गाउँलेहरुको मौखिक उजुरी अनुसार विरबहादुरलाई हिरासतमा राखिएको र लिखित उजुरी दर्ता नभएकाले समस्या भईरहेको बताए ।
मंगलबार हरिपुरमा उजुरी दर्ता गराउन जाँदा त्यहाँका प्रहरीले ‘उजुरी दिँदा तिमी पनि फस्छौ, विरबहादुरसँगै मिलेर खोजी गर्नु’ भनेर फिर्ता पठाएको माझिले बताए । हरिवन प्रहरीले पनि विरबहादुरसँगै मिलेर खोजी गर्दा राम्रो हुने सल्लाह दिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । स्थानीय बाबुराम योञ्जन विरबहादुरले त्यस क्षेत्रका धेरैलाई काममा लगाईदिन्छु भनेर भारततर्फ लगेको बताउछन् । ‘‘उसको काम नै गाउँ र आसपासका बालबालिकालाई काममा लगाईदिन्छु भनेर भारत लैजाने रहेछ ।’’ योञ्जनले भने । हरिपुर प्रहरीले भने उजुरी दिन आएका कसैलाई नफर्काएको र माझि उजुरी दिन नभई बुभ्mन मात्र आएको दावी गरेको छ ।

No comments:

Post a Comment