Wednesday, October 23, 2013

तस्करी कपडा बरामद

तस्करी कपडा बरामद
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०६ । भारतीय बजारबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको कपडा बुधबार प्रहरीले पक्राउ गरेर भंसार बुझाएको छ ।
अस्थायी प्रहरी पोष्ट सिसौटको गस्तीमा रहेको प्रहरी टोलीले छटौल नाकाबाट तस्करी भइरहेको सो कपडा नियन्त्रणमा लिएर सर्लाही भंसार बुझाएको जिल्ला प्रहरी प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
पक्राउ गरिएको कपडाको पोका भित्र महिलाको भित्री वस्त्रहरु, कुर्ता सुरुवाल, तौलिया रहेको र सो कपडाको अनुमानित मुल्य ६० हजार रुपैया रहेको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा व्यापक तस्करी बढेर ठुला व्यापारीले स्थानिय प्रहरी प्रशासन समेत मिलाएर ‘लाईन’ बनाउने गरेका छन् ।

No comments:

Post a Comment