Monday, October 21, 2013

विवाहित महिला वेपत्ता, दुईपक्ष बीच जुहारी

विवाहित महिला वेपत्ता, दुईपक्ष बीच जुहारी
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ४ । १८ महिना अघि विवाहित महिला एकाएक बेपत्ता भएपछि माइती र घरपक्षबीच जुहारी चलेको छ । आÇनी चेली एकाएक हराएकाले विवाह गरेर दिएको घर परिवारले जिम्मेवारी लिनुपर्ने माइतीपक्षको दावी छ भने आफूहरुलाई केही थाहा नदिइ घरबाट हिडेकाले कुनै जिम्मेवारी लिन नसक्ने घरपक्षको दावी छ ।
भक्तिपुर गाविस–७ (माइतीपक्ष) र जानकीनगर गाविस–२ (घरपक्ष) बीच आपसमा त्यस्तो जुहारी चलेको हो । गत आइतबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका दुईपक्षबीच एकअर्कालाई आरोप प्रत्यारोप लगाउने क्रमको जुहारी नै चल्यो । प्रहरीले भने एक–अर्काको कुरा बुभ्mने क्रम जारी राखेको भएपनि निश्कर्षमा भने पुग्न सकेको छैन ।
करिब १८ महिना अघि भक्तिपुर गाविस–७ बाट जानकीनगर गाविस–२ निवासी अशोक गौतमसँग विवाह गरेकी शकुन्तला दाहाल एकाएक वेपत्ता भएपछि दुईपक्षबीच आरोप प्रत्यारोप भएको हो र घटनाबारे ईलाका प्रहरी कार्यालय हरिपुर हुँदै हाल जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । गत आइतबार दुईपक्षबीच भएको छलफल जुहारीको रुपमा परिणत भई एकअर्काबीच भण्डाफोरको रुप धारण गरेको थियो ।
माइतीपक्ष (दाहाल परिवार) का अनुसार विवाह गरी ल्याएदेखि नै घरपरिवारले शकुन्तलालाई मानसिक यातना दिएर आÇनी चेलीलाई वेपत्ता पारेको दावी गरेका छन् भने घरपक्ष (गौतम परिवार) ले भने हराएकी भनिएकी शकुन्तलालाई कुनै यातना नदिईएको र उनी घरबाट हिडेको कसैलाई थाहा नभएको दावी गरेको छ । गत असोज २ गते गाउँमै विद्यार्थी लिन गएको हरिवन स्थित डिएभी शुशिल केडिया विश्व भारती स्कुलको बसमा चढेर शकुन्तला हरिवन आएको र त्यसपश्चात चन्द्रनिगाहपुर स्थित एचएनवि बैंकका कर्मचारी रौतहट बनबोरीका अनिल नेपालसँग भेट गरेर काठमाण्डौ स्थित माइला दाई    (नाम उल्लेख नगरिएको) कहाँ जान्छु भनेर हिडेको गौतमपक्षको दावी छ ।
घटनाबारे दुवैपक्षसँग बुझ्ने क्रम जारी रहेकाले वास्तवीकता पत्ता लगाउने तर्फ गम्भिर भएर लागि परिएका जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । सर्वप्रथम वेपत्ता भएकी महिलाको खोजी कार्यका गृहकार्य सुरु गरी घटनाबारे यथार्थ पत्ता लगाउने प्रयास जारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
शकुन्तला बेपत्ता भएलगतै खोजी कार्य तथा वास्तविकता पत्ता लगाई कार्वाहीको लागि इलाका प्रहरी कार्यालय हरिपुरमा निवेदन दिइएको भएपनि त्यहाँबाट कुनै वास्ता नभएपछि बाध्य भएर जिल्ला प्रहरी कार्यालयको ढोका घच्घच्याउन पुगेको भक्तिपुरका दाहालपक्षले गुनासो गरेका छन् ।

No comments:

Post a Comment