Friday, October 11, 2013

नालामा डुबेर बालकको मृत्यु

नालामा डुबेर बालकको मृत्यु
सर्लाही समाचारदाता
मलंगवा, असोज २५ । सदरमुकाम मलंगवा स्थित पक्की नालामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।
भारत मोतिहारी घर भई मलंगवा स्थित बसपार्क नजिक होटल व्यवसाय गरिरहेका गुड्डु चौधरीका १४ महिनाका छोरा निशान्त चौधरीको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । होटल अगाडी खेल्दै गरिरहेको अवस्थामा विहान ९ बजे निशान्त नालामा खसेका थिए । अस्पताल लैंजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment