Friday, October 11, 2013

सामाजिक सुरक्षा ५१ गाविसमा मात्र

सामाजिक सुरक्षा ५१ गाविसमा मात्र
सर्लाही समाचारदाता
मलंगवा, असोज २५ । सामाजिक सुरक्षा शिर्षक अन्तर्गत ज्येष्ठ नागरिक, अपांग लगायत भत्ता तथा दलित बालबालिकाको भत्ता ५१ वटा गाविसमा मात्र निकासा भएको छ ।
बाँकी ४८ वटा गाविसले भने चालु आर्थिक वर्ष ०७०÷०७१ का लागि गाविसमा भत्ता पाउनेको विवरण एवं पूरानो आर्थिक वर्षको  पेश्की फछ्र्यौट नगरेकाले निकासा नभएको जिविस लेखाप्रमुख सुदिप गौतमले बताए । निकासा हुने गाविसहरुमा लालबन्दी, नारायणखोला, रानीगंज, पत्थरकोट, भक्तिपुर, जब्दी, जिंगड्वा, नारायणपुर, पर्सा, नेत्रगंज, सासापुर, अत्रौली, चन्द्रनगर, हरिपुर, पिपरिया, सक्रौल, मूर्तिया, शंकरपुर, धनगढा, सहोड्वा, मधुवनगोठ, भगवतीपुर, अर्नाहा, मानपुर, सुन्दरपुर चोहर्वा, कर्मैया, भवानीपुर, गडहिया, अचलगढ, सुदामा लगायत रहेका छन् ।
सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख आदिवासी, पूर्ण अपांग, आंशिक अपांग, दलित बालबालिका लगायतलाई मासिक ३ सय देखि १ हजार रुपैया भत्ता वितरण हुने गर्दछ । नयाँ आर्थिक वर्ष लागेयता साउनदेखि कात्तिक महिनासम्म ४ महिनाको रकम निकासा भएको हो । गाविस सचिवहरुको लापरबाहीका कारण सामाजिक सुरक्षाको बजेट निकासा नभएपछि महान चाड बडादशैंको मुखमा भत्ता पाईने आशामा रहेका ४८ गाविसका वृद्धवृद्धा लगायत मारमा परेका छन् ।

No comments:

Post a Comment