Wednesday, October 23, 2013

फोरम स्वायत्त मधेश प्रदेशमा अडिग

फोरम स्वायत्त मधेश प्रदेशमा अडिग
सर्लाही समाचारदाता
काठमाडौं, कात्तिक ५ । मधेशी जनअधिकार फोरम, नेपालले आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश स्थापना मुख्य एजेण्डा राखेर मंगलबार आÇनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
फोरम नेपालले शदियौंदेखि मधेशमाथि कायम रहेको आन्तरिक औपनिवेशीकरण लाई अन्त्य गरी आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेशको स्थापना हुनुपर्ने धारणा राखेको छ । राष्ट्रिय पहिचान सहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्न, सम्पूर्ण नेपाली नागरिक मधेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन, मधेशमा हुलाकी सडक, रेल्वे, अन्तर्राष्ट्रिय विमानस्थल, सडक यातायात, संचार, मल खाद्य र कृषि सिँचाईको व्यवस्था सुनिश्चित गर्ने फोरम नेपालले घोषणा पत्रमा उल्लेख गरेको छ । फोरम नेपालले आÇनो स्थापना कालदेखि नै स्वायत्त मधेश प्रदेशको अवधारणा राख्दै आएका छन् । फोरमले मधेशका मूलभूत मुद्दाहरु मधेशीलगायत आदिवासी÷जनजाति, दलित, शोषित पीडितको स्वामित्व स्थापित हुनुपर्नेमा जोड दिएको छ । राज्यलाई समावेशी र सहअस्तित्वको आधारमा संचालन गर्नैपर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । त्यस्तै, राज्यलाई समानुपातिक प्रतिनिधित्व, सहभागिता र साझेदारीको सिद्धान्तको आधारमा समावेशी बनाउने मुद्दामा विशेष जोड दिएको छ ।
राज्यलाई जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण हुने गरी प्रादेशिक स्वायत्तता सहितको संघीय प्रणालीमा रुपान्तरित गर्नुपर्ने, सेना र प्रहरीमा मधेशीको सामूहिक प्रवेशको व्यवस्था गर्नुपर्ने, लोकतान्त्रिकरण र समावेशीकरण गरी राष्ट्रिय सेनाको स्वरुप प्रदान गरिने कुराहरु फोरमले आÇनो चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । फोरमले मधेशलाई विखण्डित गर्ने नीतिसँग सम्झौता गर्नेसमेत जनाएको छ ।
त्यस्तै, फोरमले घोषणापत्रमा ‘हिन्दी’ भाषालाई मधेशमा सम्पर्क भाषाको रुपमा स्थापित गराउनुपर्ने जनाएको छ । मधेशमा विभिन्न भाषा–भाषीहरु बसोबास गर्दै आएका र नेपालको पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने मधेशीहरुले हिन्दी भाषालाई सम्पर्क बनाउनुपर्नेमा जोड दिएको छ । संविधानमा सम्बोधन हुने विषयहरुमा संविधानका मूलभूत अन्तरवस्तुहरु अन्तर्गत राज्य पुनर्संरचना, केन्द्रीय सरकारको संरचना, व्यवस्थापिका संसद, प्रादेशिक विधायिका, प्रादेशिक सरकार, स्थानीय स्वायत्त सरकार, केन्द्र र प्रादेशिक सरकारको क्षेत्राधिकार, न्यायपालिकाको संरचना र संवैधानिक अदालत लगायतका विषयमा आÇनो धारणा सार्वजनिक गरेको छ ।
संवैधानिक अंगको अवधारणा अन्तर्गत निर्वाचन प्रणाली, जनत संग्रह, धर्म निरपेक्षता, नागरिकता, आत्म निर्णयको अधिकार, भािषक अधिकार, सकारात्मक विभेद र आरक्षण, स्थानीयस्तरमा न्यायिक अधिकार, सुशासन, भ्रष्टाचार लगायतका विषयमा धारणा राखेको छ । फोरमले मंगलबार राजधानीमा एक कार्यक्रम गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । अन्य मधेशवादी पार्टीहरु भने स्वायत्त मधेश प्रदेशको अवधारणामा लचक बन्दै गएको जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment