समानुपातिकमा नाम नपर्ने नेता कार्यकर्ता रुष्ट
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नाम नपरेपछि जिल्ला स्थित विभिन्न दलका नेता कार्यकर्ता रुष्ट बनेका छन् । अन्तिम सूची प्रकाशित नहुञ्जेल उत्साहपूर्ण ढंगले पार्टीको प्रचार प्रसारमा क्रियाशिल बनेका समानुपातिक उम्मेद्वारका आकांक्षी नेता कार्यकर्ताहरु हाल केही निष्क्रिय बनेका छन् भने कतिपयले त घरबाटै निस्कन छाडेको विभिन्न राजनैतिक दल सम्बद्ध स्रोतहरुको दावी छ ।
एकिकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मजफो नेपाल लोकतान्त्रिक, सद्भावना लगायत जिल्लामा क्रियाशिल सम्पूर्ण पार्टीमा समानुपातिक उम्मेद्वारका आकांक्षी कार्यकर्ताहरु अन्तिम सूचीमा नाम नपरेपछि रुष्ट बनेको जानकारहरु बताउँछन् । प्राय दलहरुको ६ वटै क्षेत्रबाट ४० जनाभन्दा बढी नेता कार्यकर्ताको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस भएपनि अत्यन्त कम नामहरुमात्र अन्तिम सूचीमा परेका छन् । समानुपातिकमा नाम पारिदिने भन्दै जिल्ला नेतृत्वले विभिन्न पार्टीका नेता कार्यकर्तालाई आÇनो पार्टी प्रवेश गराएका थिए भने पार्टीको प्रचारप्रसारमा खटाएका थिए ।
एमाओवादीबाट जिल्ला इन्चार्ज अच्यूतम काÇले लगायत अधिकांश नेता कार्यकर्ताहरु समानुपातिक सूचीमा परेनन् । पार्टीका लागि लामो योगदान दिनुभएका नेताकार्यकर्ताहरुबाट समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नामावली नपरेपछि गुनासो आउनु र चित्त दुःखाउनु स्वभाविक भएको इन्चार्ज काÇलेले बताए । ‘‘अन्य अवसरहरु पनि हुने हुनाले त्यस्ता नेता कार्यकर्ताहरुलाई स्थान दिईन्छ ।’’ काÇलेले भने । एमाओवादीबाट सर्लाही घर भएका काठमाण्डौमै क्रियाशिल प्रल्लाद बुढाथोकी तथा सर्लाहीमा क्रियाशिल ३ जना मात्र समानुपातिकको सूचीमा परेका छन् ।
नेपाली कांग्रेसबाट पूर्व सभापति एवं जिल्ला प्रचार प्रसार एवं अनुगमन निरीक्षण समितिका अध्यक्ष सत्यदेव सिंह दनुवार, पूर्व सभापतिहरु बाशुदेवशरण कोइराला, महेन्द्र साह, राष्ट्रिय सभाका पूर्व सदस्य भिखारी मन्सुर लगायत नेताहरु समानुपातिकका दावेदार आकांक्षी भएपनि अन्तिम सूचीमा परेनन् । उनीहरु समानुपातिक सूचीमा नपरेपछि रुष्ट बनेको पार्टी स्रोतले जनाएको छ । जिल्ला सभापति लक्ष्मण राय लगायतले जोडबल गरेपनि सत्यदेव सिंह दनुवार पार्टीको समानुपातिक सूचीमा परेनन् । ‘‘समानुपातिक सूचीमा पार्ने रणनीतिका साथ दनुवारलाई केही दिनअघि जिल्ला कार्यसमितिले गठन गरेको जिल्ला प्रचारप्रसार एवं अनुगमन समितिको अध्यक्ष बनाएको थियो ।’’ पार्टी स्रोतले भन्यो–‘‘सूचीमा नाम नपरेपछि हाल उनी केही निश्कृय समेत बनेका छन् ।’’ कांग्रेस सभापति राय लगायत नेता कार्यकर्ताले दनुवार तथा उनका समर्थक गाउँलेहरुलाई घरमै गएर सम्झाई बुझाई गरेको बताईएको छ । ‘‘धेरै साथिहरुबाट गुनासो आयो ।’’ कांग्रेस सभापति रायले भने–‘‘राजनीति गर्ने नेता कार्यकर्ताका लागि त्यस्ता अवसरहरु धेरै हुन्छन्, त्यसैले त्यस्ता अवसरहरुमा समेटौंला भन्दै सम्झाईएको छ ।’’ कांग्रेसबाट ३ जनामात्र समानुपातिक सूचीमा परेका छन् ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति समेत रहेका दनुवार गत संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको उम्मेद्वार समेत रहेका थिए । सर्लाहीबाट कांग्रेसका समानुपातिक सूचीमा उपेन्द्र कुशवाह, हरेश महतो र कारोवती सिंह दनुवार मात्र परेका छन् । कांग्रेस नेतृ मिना पाण्डे र नेता अमरेश सिंहको सिफारिसमा मात्र उनीहरुको चयन भएको पार्टीस्रोतले बतायो ।
त्यस्तै एमालेबाट पनि जिल्ला स्तरमा क्रियाशिल कतिपय समानुपातिक उम्मेद्वारका आकांक्षी अन्तिम सूचीमा परेनन् । एमालेबाट ७ जनामात्र सुचिमा परेका छन् । ०६२÷०६३ को मधेश आन्दोलनताका लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर सर्लाहीमा चर्चामा आएका हृदयनारायण चौधरी मधेशी जन अधिकार फोरम नेपालको समानुपातिक सभासद्को उम्मेद्वारमा परेनन् । फोरम नेपालको जिल्ला एवं केन्द्रीय नेताहरुसँगको वार्ताका क्रममा समानुपातिक उम्मेद्वार बनाउने सहमति भएपश्चात चौधरी केही समयअघि उक्त पार्टी प्रवेश गरेका थिए । अन्तिम समयमा आएर पार्टीले समानुपातिक उम्मेद्वार नबनाएपछि उनी रुष्ट बनेको निकट स्रोतहरुले जनाएका छन् । ‘‘उहाँले फोरम नेपालमा आर्थिक रुपले समेत योगदान दिनुभएको थियो ।’’ निकट स्रोतले भन्यो–‘‘तर पनि समानुपातिक उम्मेद्वारमा नाम नपरेपछि उहाँ दुःखीत्् हुनुहुन्छ ।’’ फोरम नेपालले सर्लाहीबाट विदेय क्षेत्र इन्चार्ज कृष्णदेव यादव बाहेक सम्पूर्ण ७ जना समानुपातिक उम्मेद्वार महिलालाई राखेको छ ।
मधेश आन्दोलनताका चर्चामा आएका चौधरीले ६ सय १ जना सभासद्ले नयाँ संविधान लेख्न नसकेकोप्रति व्यंग्य गर्दै आफू एक्लैले लेखेर मस्यौदाको रुपमा संविधानको खाका समेत सार्वजनिक गरेका थिए ।
अन्य विभिन्न पार्टीहरुबाट पनि समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नाम नपरेपछि नेता कार्यकताहरु दुःखीत र रुष्ट बनेको बताईएको छ । नेता कार्यकर्ता भड्किने डरले कतिपय राजनैतिक दलहरुले भने समानुपातिक उम्मेद्वारको नामावली नै भन्न चाहिरहेका छैनन् । कतिपय नामहरु विभिन्न अन्य जिल्लाका नामसँग मिल्ने भएकाले जिल्ला नेतृत्वले ‘तपाईकै नाम हो’ भन्दै नेता कार्यकर्तालाई थम्थम्याउने गरेको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment