लागुऔषधका युवकलाई म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । प्रतिबन्धित औषधि (लागु औषध) सहित पक्राउ परेका एक युवकलाई जिल्ला अदालतबाट म्याद थप गरी कार्बाही प्रकृया अगाडी बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार मलंगवा नगरपालिका–८ बाट लागु औषध सहित काठमाण्डौ मातातिर्थ–१ का २४ वर्षिय विक्रम गुरुङलाई नियन्त्रणमा लिएको थियो । गुरुङलाई बिहिबार जिल्ला अदालतबाट सात दिन म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले बताए ।
प्रहरीका अनुसार शंकास्पद देखिएपछि चेक जाँच गर्दा गुरुङको साथबाट नर्फाेन नामक इन्जेक्सन ५९ भाइल, डाइजेपाम ५९ थान, फेनारगन ५९ थान प्रतिबन्धित औषधि बरामद भएको थियो ।
No comments:
Post a Comment