Wednesday, October 23, 2013

करेन्टबाट घाइते

करेन्टबाट घाइते
सर्लाही समाचारदाता
नवलपुर, कात्तिक ०६ । घरको काम गर्ने क्रममा बुधबार करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
नेत्रगंज–७, स्थित दीपक खड्काको घरमा प्लाष्टर गर्ने क्रममा आल्मुनियमको रुसाले ३३ हजार भोल्टको हाइटेन्सन लाइनलाई छोएपछि स्थानिय ४५ वर्षिय प्रेमबहादुर गजमेर गम्भीर घाइते भएका थिए ।
करेन्टबाट घाइते गजमेरको स्थानिय अस्पतालको प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । करेन्ट लागेका गजमेरको शरिरका विभिन्न भाग डढेकोले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment