चुनाव प्रचारप्रसारको नयाँ शैली फेसबुक
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । आÇना गतिविधि प्रस्तुत गर्ने तथा विचारहरु तत्काल व्यक्त गर्ने माध्यमको रुपमा प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकलाई आगामी संविधान सभा निर्वाचनका उम्मेद्वारले प्रचारप्रसारको माध्यमको रुपमा प्रयोग गर्नका थालेका छन् । विभिन्न राजनैतिक दल तथा शुभेच्छुकहरुले उम्मेद्वारहरुको फोटो, नारा, प्रतिबद्धता सहित फेसबुकमा प्रचार प्रसार तिब्र बनाएका छन् । अचेल फेसबुक खोल्ने वितिकै अधिकांश ‘एकाउण्ट’मा उम्मेद्वारहरुकै प्रचार प्रसार देखिन्छ । सर्लाहीका कतिपय उम्मेद्वारहरुको प्रचार प्रसारमा पनि फेसबुक ‘एकाउण्ट’ प्रयोग हुन थालेका छन् ।
चुनावी प्रचारप्रसारको नयाँ शैलीको रुपमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग व्यापक बन्दै गएको छ । साथीहरुबीच सम्पर्क स्थापित गरी जानकारी आदानप्रदान गर्ने उद्देश्यले सञ्चालित फेसबुकलाई यतिखेर विभिन्न राजनीतिक दल, उम्मेद्वार र उम्मेदवारका शुभेच्छुकले प्रचारप्रसारको नयाँ शैलीको रुपमा प्रयोग गरिने माध्यम अपनाईएको छ । विभिन्न राजनैतिक दलले आ–आÇना फेसबुक ‘एकाउण्ट’बाट केन्द्रीय रुपमै थालेको प्रचार प्रसार अभियान जिल्ला जिल्लामा र
उम्मेद्वार स्वयं वा शुभेच्छुक नेता कार्यकर्ताहरुले पनि आ–आÇनो ‘एकाउण्ट’लाई प्रयोगको माध्यम बनाउन सुरु गरेका छन् । सर्लाहीमा पनि यस्तो प्रचारको शैली बढ्दो छ ।
एक दशकअघिसम्म ग्रामीण भेगका मतदातालाई आकर्षित पार्नका लागि उम्मेदवारले नाच गर्ने टोलीको माध्यमद्वारा प्रचारप्रसार गराउने गर्थे । ती टोलीले उम्मेदवारको चरित्रका साथै गरिने विकास कार्य गीतको माध्यमबाट गाउँदै मतदातालाई रिझाउने प्रयास गर्थे । उतिखेर कुन उम्मेदवारद्वारा सञ्चालित नाच राम्रो, गल्ली गल्लीमा म्याकिङ प्रचारको शैली कसको राम्रो भन्ने विषयमा आमनागरिकले चर्चा गर्ने गर्दथे । कसको साईकल ¥यालीको लस्कर लामो ? जस्ता कुराहरु चर्चाको विषय बन्थे । त्यसकारण उम्मेदवारले त्यस्ता माध्यमबाट मतदातालाई खुसी पार्न प्रयासरत रहन्थे ।
समयले कोल्टे फेर्दै गएसँगै प्रचार प्रसारमा संचार प्रविधिको प्रयोग पनि थपिएको छ । पूराना प्रचार प्रसारका शैली हराउँदै नयाँ शैलीको रुपमा फेसबुकको प्रयोग थप भएको छ । समयको परिवर्तनसँगै शिक्षा र इन्टरनेट सञ्जालको विकास भएपछि यसको भरमग्दुर फाइदा उठाउँदै शिक्षित मतदातासमक्ष आÇना विचार पु¥याउनका लागि राजनीतिक दल, उम्मेदवार र शुभेच्छुकले यसको महत्व सम्झेर फेसबुकको सदुपयोग गर्न थालेका छन् । आधुनिक मोबाइल फोनमा इन्टरनेटको सुविधा रहेकाले अधिकांश मोबाइल प्रयोगकर्ताले फेसबुक चलाउने गर्छन् । साथीहरुको कुरा पढेर सम्बन्ध बनाउने माध्यमको रुपमा परिचित फेसबुकले त्यस्ता मतदातालाई आकर्षित गर्न सकिने मनसायका साथ यसको प्रयोग गर्न थालिएको हो ।
नेकपा एमाले क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामाले शुभेच्छुकहरुले फेसबुकबाट पनि प्रचार प्रसार गरिरहेको बताए । जिल्ला स्थित अन्य उम्मेद्वारहरुले पनि प्रचारप्रसारको माध्यम फेसबुकलाई बनाउन सुरु गरेका छन् । आर्थिक रुपमा नाममात्रैको खर्च लाग्ने र निर्वाचन आचारसंहिताले समेत नछोएकाले फेसबुक प्रयोग बढेको जानकारहरु बताउँछन् । अचेल प्रायसँग ल्यापटप, स्मार्टफोन, कम्प्यूटर जस्ता फेसबुक खोल्न प्रयोग हुने साधनहरु हुने भएकाले पनि फेसबुक प्रचारप्रसार प्रभावकारी बन्दै गएको छ ।
प्रचारप्रसारको माध्यम फेसबुकलाई अपनाउनु सकारात्मक भएको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष रोशन न्यौपाने बताउँछन् । ‘‘प्रविधिको सदुपयोग गर्नु सकारात्मक कुरा हो ।’’ अध्यक्ष न्यौपानेले भने–‘‘इन्टरनेटको सहजता बन्दै गएपछि यसको प्रयोगले थप व्यापकता पाउनेछ र तडकभडक खालका प्रचारप्रसार शैली हराउँदै जानेछन् ।’’ पश्चिमा देशहरुमा इन्टरनेट लगायत संचार साधनलाई उपयोग गर्ने बाहेक तडकभडकयुक्त शैली हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले नेपालमा पनि इन्टरनेट सेवा सहज बन्दै गए यस्तो शैलीले थप व्यापकता पाउँदै जाने बताए ।
No comments:
Post a Comment