कार्यकर्ताबीच झडप
सर्लाही समाचारदाता
रामवन, कात्तिक ५ । क्षेत्र नं. ६ अन्तर्गत रामबन गाविसमा सोमबार राती महेन्द्र राय नेतृत्वको तराइ मधेस सद्भावना पार्टी (तमसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको तराइ मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का कार्यकर्ताबीच झडप भएको छ ।
राती साँढे ९ बजेतिर मुस्लिम टोलामा दुवै पक्षबीच ढुंगा हानाहान र हात हालाहाल भएको प्रहरीले जनाएको छ । पोष्टर टाँस्ने विषयमा दुईपक्षका कार्यकर्ताबीच विवाद हुँदा झडपको रुप लिएको स्थानीय बासिन्दाले बताएका छन् । राती तनाव भएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक रुद्र चुडालको नेतृत्वमा प्रहरी टोली खटाएर घटना नियन्त्रणमा लिईएको थियो ।
झडपका क्रममा दुवैपक्षका ७ जना कार्यकर्ता सामान्य घाईते भएको बताईएको छ । दुवै पक्षका कार्यकर्ता दिन भरको प्रचारप्रसार पछि खाजा खाएर बाहिरिएको बेला पोष्टर टाँस्ने विषयमा विवाद भई झडपको रुप लिएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले झडप भएको पुष्टी गरेपनि झडपको कारणबारे खुलाउन चाहेनन् । दुवै पक्षका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय गडहियामा मंगलबार दिउँसो राखेर छलफल गराई सहमतिमा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइन्दा विवाद भए झडप नभई छलफल गरेर टुंग्याईने दुवैपक्षबीच सहमति भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment