लोडसेडिङ घट्यो
सर्लाही समाचारदाता
मलंगवा, असोज २४ । नेपाल विद्युत प्रधिकरणले दशैलाई लक्षित गरी शुक्रबारदेखि लोडसेडिङ कम गर्ने भएको छ ।
हाल भइरहेको लोडसेडिङ घटाउँदै दशैको बेलामा दैनिक साढे ३ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार यो तालिका यहि असोज २५ गतेदेखि ३० गते सम्म कायम गरिनेछ । अहिले लोडसेडिङ दैनिक ७ घण्टा रहेको छ । नयाँ तालिका अनुसार सातामा २५ घण्टा मात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
सर्लाहीमा भने आन्तरिक चुहावट एवं ढल्केबर सबस्टेशनको ट्रान्सफर्मर विग्रिएका कारण दैनिक २ घण्टा भन्दा बढी थप लोडसेडिङ हुनेछ । (तालिका हेर्नुहोस् तीन पेजमा)
No comments:
Post a Comment