Wednesday, October 9, 2013

मैत्रिपूर्ण महिला फुटबल रौतहटसँग सर्लाही पराजित

मैत्रिपूर्ण महिला फुटबल
रौतहटसँग सर्लाही पराजित
सर्लाही समाचारदाता
हरिवन, असोज २३ । प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार महिला टिमहरुबीच भएको मैत्रिपूर्ण खेलमा रौतहट–११ ले सर्लाही–११ लाई २–० ले पराजीत गरेको छ ।
रौतहट–११ बाट जर्सी नम्बर ११ की मञ्जु दोङले ३५औं मिनेटमा पेनान्टी मार्फत गोल गरेर टिमलाई अगाडी बढाईन् । रौतहटका अग्रपंक्तीका खेलाडीलाई डिबक्स लाईन भित्र सर्लाहीका खेलाडीले फल खेलेपछि रेफ्रिले पेनाल्टीको मौका दिएका थिए । खेलको ५०औं मिनेटमा ८ नम्बर जर्सीकी सुस्मिता घिसिङले गोल गर्दै रौतहटलाई २–० को स्थितीमा पु¥याईन् । प्रतियोगिताकी म्यान अफ दि म्याच मञ्जु दोङ घोषित भईन् । ६० मिनेट खेलाईएको खेलमा दुवै टिमबीच तिव्र प्रतिस्पर्धा भएको आयोजक न्यू हरिवन युवा क्लबका सचिव राजेश चौधरीले बताए । विहिबार फाइनल प्रतिस्पर्धा हुने भएकाले बुधबार रेष्ट गर्ने दिन पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले महिला टिमबीचको खेल राखिएको आयोजकले जनाएका छन् ।
१ लाख नगद सहित शिल्ड र प्रमाण–पत्र प्रदान गरिने प्रथम उपाधीका लागि विहिबार आयोजक न्यू हरिवन युवा क्लब रातो र ब्वाइज युनियन युवा क्लब काठमाण्डौबीच भिडन्त हुँदैछ । दोस्रो हुने टिमलाई भने ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए ।

No comments:

Post a Comment