Monday, February 17, 2014

प्रेस चौतारी जनकपुरमा न्यौपाने

प्रेस चौतारी जनकपुरमा न्यौपाने
सर्लाही समाचारदाता
हरिवन, फागुन ०५ । प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष इन्द्र न्यौपाने जनकपुर अञ्चल कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार महोत्तरीको बर्दिबासमा भएको अञ्चल भेलाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको हो । भेलाले प्रेस स्वतन्त्रता सहितको संविधान जारी गर्न, श्रमजीवि पत्रकार ऐन अनुसार पत्रकारहरुले पारिश्रमिक पाउनु पर्ने, पत्रकारको सुरक्षा ग्यारेन्टी हुनु पर्ने माग पनि गरेको न्यौपानेले बताए ।
चौतारीका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल लगायतले आफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment