अभिभावकका लागि सनराइजको एसएमएस सेवा
सर्लाही समाचारदाता
हरिवन, फागुन ०५ । सनराइज आवासीय उच्च उमावि हरिवनले आÇना अभिभावकहरुको लागि मोबाईलको एसएमएस सेवा सुरु गरेको छ ।
आÇना बालबालिकाको परिक्षाको नतिजा, शुल्क सम्बन्धी जानकारीका अभिभावकहरुले सजिलै थाहा पाउन भनेर मोबाईलमै एसएमएसको सुविधा सुरु गरिएको सनराइजले जनाएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीका अभिभावकले आÇना बालबालिको नतिजा थाहा पाउनका लागि क्ज्क् भ्ह्ब्ः टाईप गरेर एक स्पेश दिई विद्यार्थीको कोड नं. टाईप गरेर २२०० मा सेण्ड गरे तुरुन्त सम्बन्धित मोबाईलमा जवाफ आउने विद्यालयका शिक्षक कमल खड्काले बताए । त्यस्तै क्ज्क् ँभ्भ् टाईप गरेर एक स्पेश दिई विद्यार्थीको कोड नं. टाईप गरेर २२०० मा सेण्ड गरेपछि अभिभावकले आÇना बालबालिकाको शुल्क सम्बन्धि सम्पूर्ण जानकारी तुरुन्त आÇनो मोबाईलमै पाउनेछन् ।
‘‘अभिभावकहरुको सजिलोका लागि एसएमएस सेवा सुरु गरिएको हो ।’’ सनराइजका प्रिन्सिपल सुदर्शन पोखरेलले भने–‘‘विद्यालयसम्म आउन नभ्याएको अवस्थामा अभिभावकहरुले आÇना बालबालिकाको परीक्षाको नतिजा, तिर्नुपर्ने शुल्क लगायत विषयमा घरमै बसेर जानकारी पाउनेछन् ।’’ भैपरी रुपमा विद्यालय बन्द हुने, विद्यालयले आयोजना गर्ने विभिन्न खाले महत्वपूर्ण कार्यक्रमहरुबारे पनि तत्काल सूचना जारी गर्नुपर्ने भएमा अभिभावकहरुको मोबाइलमा एसएमएस गर्ने गरिएको प्रिन्सिपल पोखरेलले बताए ।
विद्यालयले सुरु गरेको यस्तो सेवा जनकपुर अञ्चलमै पहिलो भएको समेत प्रिन्सिपल पोखरेलले दावी गरे । विद्यालयले सुरु गरेको एसएमएस सेवाबाट धेरै अभिभावक लाभान्वित भईसकेको समेत पोखरेलले जानकारी दिए ।
No comments:
Post a Comment