सुनगाभाको पाचौं वार्षिकोत्वसव सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०३ । सुनगाभा बचत तथा ऋण सहकारी संस्था लालबन्दीले आÇनो पाँचौ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
संस्थाले नेत्रगंजमा रहेको पाँच कुमारी मन्दिरमा पूजाआजा गर्नुका साथै सर्लाही तथा रौतहटको ऐतिहासिक पर्यटकीय क्षेत्र नुनथरमा वनभोज कार्यक्रम समेत गरेको छ । ज्येष्ठ सदस्य कृष्ण माया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य कर्मचारी, फिल्ड कर्मचारी, सेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । वनभोज कार्यक्रममा संस्थाले विगतमा गरेका क्रियाकलाप तथा भावी योजनाको बारेमा समेत चर्चा गरिएको थियो । संस्थाले छिटै नै निक्षेप तथा ऋण लगानी रकममा फेर बदल गर्ने तथा ऋणिहरुको बिमा व्यवस्था र आÇनो कार्य क्षेत्र भित्र समूह गठन गरी लघुवित्त ऋण प्रदान गर्ने जनाएको छ । कार्यक्रममा उपाध्यक्ष माधुरी पासवान, सञ्चालक समिति सदस्य कुमार गिरी, प्रवन्धक ज्ञानचन चौधरी, सञ्चालक सदस्य बिनोद तिमल्सिना, पत्रकार रोहित पौडेल लगायत सहभागी रहेका थिए ।
No comments:
Post a Comment